पाख्रीबासमा रास्वपा सक्रिय,सम्पन्न गर्यो जिल्लामै पहिलो वडा अधिबेशन
धनकुटा,२८ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पाख्रीबासले धनकुटा जिल्लामै पहिलो वडा अधिबेशन सम्पन्न गरेको छ ।
रास्वपाले आज धनकुटाको पाख्रीबास नगरपालिका वडा नं ७ मा पहिलो वडा अधिबेशन सम्पन्न गरेको हो ।
सम्पन्न अधिबेशनबाट मोहन थापाको सभापतित्वमा ११ सदस्यीय समिति गठन गरेको छ ।

समितिको उप सभापतिमा रेनु तामांग,सचिव दुर्गा कार्की,सह-सचिवमा अनिशा राय चयन गरेको छ । त्यसैगरि सदस्यहरुमा भुपाल बस्नेत,मान बहादुर बिक,केदार राउत,हरिमाया थापा,हरि खड्का,मोहन राउत र दिल कुमारी बिश्वकर्मा चयन भएको रास्वपा पाख्रीबास नपा संगठन विभाग प्रमुख बिष्णु बिक्रम निरौलाले जानकारी दिए ।
त्यसैगरि आजै सोही वडामा RAT(Rapid Action Team) पनि गठन गरिएको छ ।
टिमको संयोजकमा राम बहादुर थापा र सदस्यहरुमा भानुभक्त राउत,चन्द्र बुढाथोकी,कृष्ण थापा र सोम कार्की रहेका छन् ।

अधिबेशनमा रास्वपा जिल्ला सदस्य रुद्र बहादुर राउत,नगर सभापति मणि भुजेल,सचिव बिदुर न्यौपाने,जन सम्पर्क विभाग प्रमुख कमल बस्नेत लगायतको उपस्थिति रहेको थियो ।
नव गठित समितिलाई रास्वपा धनकुटा जिल्ला सदस्य राउतले शपथ ग्रहण गराएका थिए ।


