स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रममा २ सयको नि:शुल्क स्वास्थ्य परिक्षण

ललितपुर, ३१ जेठ । विश्व रक्तदाता दिवस २०२५ को अवसरमा ललितपुर जिल्लाको लगनखेल बसपार्कमा निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । 

स्वतन्त्र यातायात श्रमिक संगठनको आयोजनामा भएको उक्त कार्यक्रममा दुई सय भन्दा बढी यातायात श्रमिकहरुको स्वास्थ्य परिक्षण गरिएको थियो । 

स्वास्थ्य क्षेत्रमा कार्य गर्दै आएको सामाजिक संस्था महावीर हेल्थ फाउण्डेसन, इनोभा हस्पिटल, लाजिम्पाट, काठमाडौं, लोमस फर्मास्यूटिकल्स, माइक्रो ल्याब्स् लिमिटेडको सहकार्यमा निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

 
प्रमुख अतिथि सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले कार्यक्रममा बाल्दै विशेष दिन रक्तदाता दिवसको अवसर पारेर आयोजना भएको कार्यक्रम भन्दै आयोजक संस्था तथा सहकार्य गर्ने संस्थाहरुलाई धन्यवाद ज्ञापन गरे । 

कार्यक्रममा बोल्दै महावीर हेल्थ फाउण्डेसनका अध्यक्ष दिपक भट्टाचार्यले विगतमा १२८ वटा स्वास्थ्य शिविर सम्पन्न गरिसकेको र आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु आयोजना गर्दै अघि बढ्ने बताए । 

कार्यक्रममा निशुल्क रुपमा दक्ष चिकित्सकहरुबाट मुटु तथा मधुमेह रोगको जाँच, रक्त परिक्षण, औषधी वितरण गरियो । सो अवसरमा ७८ जना व्यक्तिहरुले रक्तदान गरेका थिए । 
 
कार्यक्रममा बोल्दै इनोभा हस्पिटल, लाजिम्पाटका डाइरेक्टर डा. प्रिन्स रौनियारले दक्ष चिकित्सकहरुको सहभागितामा निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएका कारण सहभागीहरुको उल्लेख्य सहभागीतामाझ सफलतापूर्वक सम्पन्न भएको बताए।

लोमस फर्मास्यूटिकल्सका बजार निर्देशक ओम नारायण शर्माले सामाजिक उत्तरदायित्व अन्तरगत कार्यक्रममा सहकार्य गरिएको बताए।

माइक्रो ल्याब्स् लिमिटेडका प्रबन्धक सन्तोष चक्रवर्तीले यस्ता कार्यक्रममा निरन्तर सहयोग गर्ने उल्लेख गरे ।

स्वतन्त्र यातायात श्रमिक संगठनका अध्यक्ष दिपक खड्काले बढी भन्दा यातायात क्षेत्रमा कार्यरत श्रमिकहरु स्वास्थ्य शिविरबाट लाभान्वित भएको जानकारी दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।