विश्वविद्यालय सुधारका लागि राजनीतिक दलहरूका शीर्ष नेतृत्वको प्रतिवद्धता आवश्यक छ : नैनसिंह महर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले विश्वविद्यालय र समग्र शिक्षा प्रणाली सुधारका लागि राजनीतिक दलहरूका शीर्ष नेतृत्वको प्रतिवद्धता आवश्यक रहेको बताएका छन्।

नेपाल पब्लिक क्याम्पस संघले ललितपुरमा आयोजना गरेको सामुदायिक क्याम्पसहरूको दिगोपन र उत्कृष्टता सम्बन्धी राष्ट्रीय संवाद कार्यक्रमलाई सम्बोधन गर्दै महरले सबै दलको शीर्ष नेतृत्वको सामूहिक प्रतिवद्धताबाट मात्र शिक्षा क्षेत्रमा अपेक्षित सुधार हुने बताएका हुन्।

‘शिक्षामा मनग्य लगानी गरेका देशहरूमा पनि आसातित प्रगति हासिल गर्न सकिएको छैन। हाम्रोमा त लगानी नै कम छ। यहीबीच नेपालका विश्वविद्यालयको कुरा गर्दा म नेविसंघको अध्यक्ष हुँदा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वविद्यालयका पदाधिकारीहरूको नियुक्ति खुला प्रतिष्पर्धाबाट हुनुपर्छ भनेर माग गरेका थियौं। त्यो माग सम्पूर्ण रुपले कार्यान्वयन नभए पनि बामे सरेर अगाडि बढेको छ’, उनले भने।

कुनै विषय राजनीतिबाट सम्पूर्ण रुपमा अलग हुन नसक्ने धारणा राख्दै महरले विश्वविद्यालयको शिक्षामा चरम दलीयकरण हुन नहुनेमा आफू प्रष्ट रहेको बताए। 

‘सामुदायिक क्याम्पस समाजको समग्र शैक्षिक समस्याको पहिचान गरेर जनता स्वयमले स्थापना गरेका क्याम्पस हुन्। अहिले ३० प्रतिशत बढी विद्यार्थी अध्यन गरिरहेका  सामुदायिक क्याम्पसले ग्रामिण क्षेत्रमा जागरण र शिक्षामा जनताको पहुँच स्थापित गर्ने कार्यमा महत्त्वपूर्ण योगदान दिएका छन्,’ उनले भने।

यस्तै शिक्षाभित्रको दलीय करण रोक्न पार्टीका शीर्ष नेताहरूको प्रतिवद्धतासँगै कार्यान्वयन आवश्यक रहेको उनले बताए। शिक्षाभित्रको राजनीतिकरणका सन्दर्भमा महर थप्छन्, ‘विद्यार्थी संघ संगठनका नेताहरू पनि पार्टीका नेता हुन्। प्राध्यापकका संघ संगठन पनि दलसँग आवद्ध छन्। अन्य कर्मचारी युनियन पनि कुनै न कुनै रुपमा दलसँगै आवद्धता हुन्छन्। विश्वविद्यालयका प्रमुख पदहरूमा नियुक्तिका प्रावधान, करिकुलम निर्माण र पूर्वाधार निर्माणको विषय पनि राजनीतिको संलग्नता प्रत्यक्ष, अप्रत्यक्ष रुपमा त हुन्छ नै। राजनीतिको यस्तो संलग्नता हुँदा पनि विश्वविद्यालयलाई दलीय करणबाट टाढा राख्न सबै दलका शीर्ष नेताहरूले एक ठाउँमा उभिएर प्रतिवद्धता व्यक्त गरेर कार्यान्वयन गर्नै पर्छ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।