प्रभु साहको टिप्पणीः सरकारले मलखाद नदिएर किसानलाई जिउँदै मारिरहेको छ

सञ्जय मिश्रा/रौतहट, २ असार । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले किसानलाई मलखाद्य नदिएर जिउँदै मारिरहेको  टिपणी गरेका छन् ।

गृह जिल्ला रौतहटको कटहरियामा सोमबार बसेको पार्टी जिल्ला कमिटीको विशेष बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले अहिले धानबाली लगाउने मुख्य सिजनमा सरकारले आवश्यक मलखाद्य नदिएर  किसानलाई जिउँदै मारे सरह बनाएको टिप्पणी गरेका हुन्।  

‘अहिले धानवाली लगाउँने महत्वपूर्ण समय छ । यो कुरा सरकारमा बस्नेहरुलाई पनि थाहा छ । किसान अहिले मलखाद्य, विउ बिजनको जोहो गरिरहेका छन् । तर यो अन्धो सरकारले किसानको पिडा देखिरहेको छैन् । किसान मारा सरकारलाई किसानको आँशुले पोल्छ,’ आजपा अध्यक्ष साहले भने, ‘किसानलाई मलखाद्य, बिउविजन उपलब्ध गराउँने जिम्मेवारी केन्द्रीय सरकारको हो तर किसानको बारेमा गफ मात्रै दिईरहेको छ, मलखाद्य उपलब्ध गराउँन सकेको छैन् ।’ 

किसानहरु अहिले मलखाद्य नपाएर छटपटाइरहेको बताउँदै उनले प्रधानमन्त्री केपी शर्मा ओलीसंग किसानलाई मल किन उपलब्ध नगराएको भन्दै प्रश्न समेत गरेका छन्। 

किसानलाई मलखाद्य उपलब्ध गराउने केन्द्रीय सरकारले मल उपलब्ध गराउन नसकेको तर किसानले एकदुई बोरा मल भारतबाट ल्याउदा सीमामा बस्ने प्रहरीले पक्राउँ गरेर बाहुदरी देखाईरहेको टिप्पणी साहले गरेका छन्। जनताको समस्या, जनताको चाहना नबुझेको वर्तमान सरकार पूर्णरुपमा असफल भईसकेको उनले बताए । 

बिचौलियाले बनाएको गठबन्धन र वर्तमान सरकारका कारण बिचौलियाहरु नै खुसी देखिएको बताउदै उनले किसान, सर्वसधारणहरु निराश भएको बताए । बिचौलियाका लागि काम गरिरहेको यो सरकारलाई किसानलाई मलखाद्य उपलब्ध गराउने बारेमा सोच्ने फुर्सत समेत नभएको टिप्पणी उनले गरे । 

यस्तै, उनले लुटकारी दलतन्त्रका बिरुद्धमा न्यायप्रेमी जनता एवं दलहरु एकजुट हुनुपर्ने अहिलेको आवश्यक्ता भएको बताए । बिचौलिया, भगौडावर्गको पक्षपोषण गरिरहेको यो सरकारले दलिय सिण्डीकेट लागु गरेर लुट मचाएको आरोप साहले लगाए । लुटकारी दलतन्त्रको बिरुद्धमा एकजुट भएर अगाडी नबढे मुलुक धरासायी बन्दै जाने उनले बताए । 

बैठकले संगठन निर्माण, बिस्तारका साथै किसानलाई मलखाद्य, बिउँबिजन उपलब्ध गराउँन संघर्ष गर्ने निष्कर्ष निकालेको छ । आजपा रौतहट इन्चार्ज धर्मेन्द्र पटेलको अध्यक्षतामा भएको कार्यक्रममा आजपा कार्यालय सदस्यहरू समिना हुसैन, त्रिभुवन साह, सियाराम कुशवाहा, उमेश कुशवाहा, विजय यादव निर्विज लगायतका नेताहरुको विशेष सहभागिता रहेको थियो ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।