जसपाले बोलायो संघीय परिषद् बैठक

काठमाडौं, ३ असार । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले संघीय परिषदको बैठक बोलाएको छ ।

 

आगामी असार ६ र ७ गते ललितपुरको भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा बस्ने गरी बैठक आह्वान गरिएको पार्टीका केन्द्रीय सदस्य दुर्गा सुबेदीले जानकारी दिएका छन् । 

केन्द्रीय सदस्य लम्सालका अनुसार पार्टी गठन भएपछि पहिलो पटक बस्न लागेको संघीय परिषद्को बैठकमा पार्टीका संघीय परिषद् अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले पार्टीको नीति, सिद्धान्त र विचारसम्बन्धी प्रस्ताव र उपाध्यक्ष रणध्वज कन्दङ्वाले पार्टीको विधान संशोधनको प्रस्ताव प्रस्तुत गर्नेछन्।

 
संघीय परिषद्को बैठकमा विधानको धारा २६ (३०) अनुसार केन्द्रीय समितिका सदस्यहरु, केन्द्रीय निकायका सदस्यहरु, प्रदेश समितिका पदाधिकारीहरु, प्रादेशिक निकायका पदाधिकारीहरु, राष्टिय समितिका पदाधिकारीहरु, जिल्ला समितिका अध्यक्षहरु, जनवर्गीय संगठनका अध्यक्षहरु र मनोनित संघीय परिषद् सदस्य गरी करिब ४१३ जनाको सहभागी हुने साे पार्टीका नेता सुबेदीले बताए ।

 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।