रास्वपा धनकुटाले मानव तस्करी विरुद्ध उच्चस्तरीय समितिको माग गर्दै जिल्ला प्रशासन कार्यालय मार्फत बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

धनकुटा । राष्ट्रिय स्वतन्त्र पार्टी धनकुटाले भिजिट भिसाको दुरुपयोग र मानव तस्करी विरुद्ध उच्चस्तरीय समिति गठनको माग गर्दै जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ ।

प्रधानमन्त्रीलाई भिजिट भिसाको दुरुपयोग र मानव तस्करीका विभिन्न विषयहरुको माग राख्दै ज्ञापनपत्र पठाइएको राष्ट्रिय स्वतन्त्र पार्टी धनकुटाका सभापति बालनन्द दाहालले जानकारी दिनुभयो ।

ज्ञापन पत्रमा भनिएको छ –

श्रीमान् प्रधानमन्त्री ज्यू,
प्रधानमन्त्रि तथा मन्त्रिपरिषदको कार्यालय,
सिंहदरबार, काठमाडौँ ।

मार्फत: जिल्ला प्रशासन कार्यालय, धनकुटा ।

विषयः भिजिट भिसाको दुरुपयोग तथा मानव तस्करीसम्बन्धी उच्चस्तरीय छानबिन समिति गठनको माग सम्बन्धमा ।

हालैका दिनहरूमा हजारौं नेपाली नागरिकहरू ‘भिजिट भिसा’को नाममा अवैध रूपमा मानव तस्करीको शिकार बनिरहेका यथार्थहरू सार्वजनिक भइरहेका छन् । अध्यागमन कार्यालय, ट्राभल एजेन्सी, म्यानपावर कम्पनी, केही कूटनीतिक नियोग तथा संगठित आपराधिक समूहहरूको संलग्नतामा युवाहरूलाई दुबई लगायतका मुलुकहरू हुँदै गैरकानुनी तरिकाले तेस्रो देशमा पुर्याउने जस्ता गतिविधिहरू नेपाली राज्यव्यवस्था, कानुनीशासन र मानवअधिकार माथिको गम्भीर प्रहार हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीले यो विषयलाई संसदमा बारम्बार उठाउँदै आएको छ र यसका समाधानका लागि प्रभावकारी पहल गर्न सरकारसँग माग गर्दै आएको छ। यसै सन्दर्भमा, हामी जिल्ला प्रशासन कार्यालय मार्फत् संघीय सरकारको ध्यानाकर्षण गराउँदै निम्न बुँदाहरूमा तत्काल पहल गर्न आग्रह गर्दछौंः

१. विगत केही वर्षहरुमा भिजिट भिसाको नाममा भएको मानव तस्करी र सांगठनिक अपराधमा सरकारी संयन्त्र, ट्राभल एजेन्सी, म्यानपावर कम्पनी, एयरलाइन्स र नेपाली तथा विदेशी नियोगहरूको संलग्नता भएको आशंका हुँदा यसको व्यापक र बहुआयामिक अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति गठन गरियोस् ।

२. छानबिन समितिको कार्यक्षेत्र (TOR), संरचना, व्यवस्थापन र अधिकार निर्धारण गर्न कार्यसम्पादन समिति एक दिनभित्र गठन गरी कार्यसम्पादन समितिले छानविन समिति गठन गरियोस् ।

३. छानविन प्रक्रियामा गृह मन्त्रालय मातहतका अध्यागमन विभाग, नेपाल प्रहरी, परराष्ट्र मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण र अन्य सरोकारवाला निकायहरूसँग प्रभावकारी समन्वय गर्दै छानबिन पारदर्शी, तथ्यमा आधारित र समयसीमाभित्र सम्पन्न हुने सुनिश्चित गर्न देहायका छानबिन समिति कार्यहरूमा केन्द्रित गरियोस् :

(क) नीतिगत एवं प्रणालीगत कमजोरीहरूको पहिचान र विश्लेषण (भिजिट भिसा, श्रम स्वीकृति, अध्यागमन, आदि) ।
(ख) मानव तस्करी र संगठित अपराधसँग सम्बन्धित सरकारी कर्मचारी, ट्राभल एजेन्सी, म्यानपावर कम्पनी लगायत व्यक्ति तथा संस्थाहरुको भूमिकाको निष्पक्ष छानबिन, अवैध संजालमाथि अध्ययन र अनुसन्धान ।
(ग) पीडितको संरक्षण र पीडितमैत्री पुनर्स्थापनाका लागि प्रशासनिक एवं न्याय प्रणालीबारे सुझाव ।
(घ) अन्तर-निकाय समन्वय र सहकार्यबारे सुधार सिफारिस ।
(ङ) छानबिन समिति गठन, अनुसन्धान प्रक्रिया र अध्ययन प्रतिवेदन सार्वजनिक गर्दा पारदर्शिताको उच्च मापदण्ड अपनाइयोस् ।

४. छानबिनको सम्पूर्ण प्रक्रिया पारदर्शी, तथ्यमा आधारित र समयसीमाभित्र सम्पन्न गरियोस् । भिजिट भिसाका नाममा मानव तस्करमा संलग्न दोषी उपर कानुन बमोजिम हदैसम्मको कारवाही, पीडितहरूलाई संरक्षण, राहत तथा क्षतिपूर्तिको समेत सुनिश्चितता गरियोस् ।

५. मानव तस्करी जस्तो गम्भीर विषयमा राजनीतिक प्रशासनिक जवाफदेहिता र कर्तव्यबोध (non-dereliction of duty) अपेक्षासहित गृहमन्त्री ज्यूको राजीनामा समेत माग गर्दछौं ।

उल्लिखित विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीले निरन्तर आवाज उठाउँदै आएको हुँदा हामी यो ज्ञापनपत्रमार्फत् सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै आवश्यक छानबिन तथा कानुन बमोजिम दोषी उपर कारवाहीको प्रक्रिया अघि बढाउन अनुरोध गर्दछौं ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।