कोशी प्रदेशका सबै जिल्लामा एमालेको आर्थिक सुधार अभियान : अब सम्पूर्ण पार्टी कारोबार बैंक मार्फत

धनकुटा । कोशी प्रदेशका सबै जिल्लामा नेकपा एमालेले पार्टीका सम्पूर्ण आर्थिक कारोबार नगद होइन, अनिवार्य रूपमा बैंकमार्फत मात्रै सञ्चालन गर्ने भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय लेखा आयोगको आयोजनामा कोशी प्रदेशका १४ वटै जिल्लाका लागि आयोजित आर्थिक तथा लेखा व्यवस्थापन तालिममा यस्तो घोषणा गरिएको हो । भेडेटारमा दुई दिनसम्म चलेको प्रशिक्षणको समापनमा २१ बुँदे सामूहिक प्रतिबद्धता घोषणा गरिएको छ, जसले पार्टीभित्रको आर्थिक पारदर्शिता र जवाफदेहिता अभिवृद्धि गर्ने उद्देश्य लिएको छ।

घोषणापत्रमा पार्टीका सम्पूर्ण आर्थिक कारोबार अबदेखि नगद माध्यमबाट होइन, बैंकमार्फत मात्रै सञ्चालन गरिने स्पष्ट नीति अवलम्बन गरिने उल्लेख छ। तालिममा सहभागी जिल्ला, महानगर तथा उपमहानगर कमिटीहरूले लेखापरीक्षण अनिवार्य गर्ने, बजेट निर्माण गरी योजना अनुसार खर्च गर्ने, ऋण चुक्ता गर्ने र खर्चमा मितव्ययिता अपनाउने विषयमा प्रतिबद्धता जनाएका छन्।

पार्टीको सम्पूर्ण लेखा प्रणालीलाई पारदर्शी, व्यवस्थित र उत्तरदायी बनाउन अब डिजिटल प्रणाली, नीतिगत अनुशासन र वित्तीय योजनाहरू लागू गरिने जनाइएको छ। आर्थिक कारोबारलाई बैकमार्फत गर्ने निर्णयसँगै पार्टीको नीति, नियम, विधान र निर्देशनहरूको पूर्ण पालना गरिने पनि घोषणा पत्रमा उल्लेख छ।

तालिममा सहभागी जिल्ला,महानगर र उपमहानगर कमिटि अध्यक्षहरुले भविष्यमा लेखा परीक्षणसहितको वार्षिक प्रतिवेदन पेस गर्ने, खर्च र क्रियाकलापको लेखाजोखा राख्ने, आन्तरिक अनुगमनको अभ्यास गर्ने तथा सम्पत्ति वा लगानी भएमा समितिको अनुमति बिना उपयोग नगर्ने नीतिगत प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

घोषणापत्रमा लेखा अनुशासन र मितव्ययिताका अभ्यासहरू पार्टी जीवनमा मात्र सीमित नरही व्यक्तिगत जीवन र अन्य संस्थागत व्यवहारमा पनि लागू गरिने प्रतिबद्धता जनाइएको । प्रशिक्षकहरूले तालिमका क्रममा सिकाइएका सिद्धान्तहरू कार्यान्वयन नगरी केवल कागजमा मात्र सीमित राखे पार्टीको सुधार सम्भव नरहने स्पष्ट पारेका छन् ।

एमाले स्थायी कमिटि सदस्य तथा कोशी प्रदेश इन्र्चाज शेरधन राईले शुभकामना दिनुभएको तालिम कार्यक्रमको अध्यक्षता एमाले कोशी अध्यक्ष घनश्याम खतिवडाले गर्नुभएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖