इलामकी कोरोना संक्रमित महिलाको नोबेल अस्पतालमा मृत्यु

विराटनगर । विराटनगरको नोबेल शिक्षण अस्पतालमा कोरोना संक्रमित महिलाको मंगलबार बिहान मृत्यु भएको छ ।

इलाम घर भएकी ३९ वर्षीया लामा थरकी महिलाको मृत्यु भएको नोबेल अस्पतालका प्रबन्धक दिपेश राईले जानकारी दिए । उनका अनुसार लामालाई उपचारका लागि मंगलबार बिहान ४ः२० बजेतिर अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पतालको आकस्मिक कक्षमै बिहान ६ बजेतिर मृत्यु भएको राईले बताए । ‘उपचारका लागि ल्याउँदा नै अवस्था गम्भीर थियो । थप उपचार गर्न नपाइकन आकस्मिक कक्षमै मृत्यु भएको हो,’ उनले भने ।

मृतकलाई श्वासप्रश्वासमा समस्या हुने र ज्वरो आउनेलगायतका समस्या देखिएपछि सोमबार झापा बिर्तामोडको बिर्तासीटी अस्पतालमा परीक्षण गरिएको थियो । परीक्षणका क्रममा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको हो । अवस्था गम्भीर बनेपछि थप उपचारका लागि विराटनगरको नोबेल अस्पताल ल्याइएको थियो ।शवलाई प्रहरीको जिम्मा लगाइएको जानकारी नोबेल अस्पतालका प्रबन्धक राईले दिए । इलाम प्रहरीसँग समन्वय गरी नियम बमोजिम प्रक्रिया पूरा गरेर शव परिवारको जिम्मा लगाइसकिएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताइन् ।

पछिल्लो समय कोरोना संक्रमण फैलने क्रममा रहेकाले सबैले सावधानी अपनाउनुपर्ने उनको भनाइ छ । कोरोना फैलान थालेपछि प्रहरीले जनचेतना फैलाउने काम गरिरहेको जानकारी डीएसपी चुँडालले दिइन् ।

कोशी प्रदेशमा पछिल्लो समय कोरोना संक्रमित फेला पर्न थालेका छन् । हालसम्म मृतकबाहेक ८ जनामा संक्रमण पुष्टि भइसकेको कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य अधिकृत लक्ष्मण खरेलले जानकारी दिए ।-नेपाल पूर्व

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।