रास्वपा प्रवास विभागको वार्षिक तथा ग्रिल कार्यक्रम सम्पन्न

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवास विभाग बेल्जियम शाखाद्वारा आयोजित वार्षिक तथा ग्रिल कार्यक्रम बेल्जियमको लुभेन सहरमा भव्यताका साथ सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा बेल्जियमबाहेक युरोपका अन्य मुलुकहरूमा रहेका रास्वपा प्रवास विभागका प्रमुख, विभागीय सहयोगी, समर्थक, विभिन्न देशका कार्यसमिति सदस्यहरू तथा रास्वपाप्रति माया र समर्थन राख्ने नेपालीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रममा बेल्जियममा कार्यरत नेपाली राजदूतावासका महामहिम राजदूतसहित विभिन्न संघसंस्थाका विशिष्ट पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा रास्वपामाथि देशमा भइरहेको अन्याय, अत्याचार र बेथितिप्रति चासो व्यक्त गर्दै सोको विरोधमा देश तथा विदेशमा भइरहेका अभियानहरूप्रति ऐक्यबद्धता जनाइएको थियो ।

कार्यक्रममा ‘हस्ताक्षर अभियान’सहित विविध सांस्कृतिक तथा राजनीतिक कार्यक्रमहरू पनि सम्पन्न भएका थिए ।

सहभागीहरूले प्रवासमा रहेर पनि मातृभूमिमा भइरहेका राजनीतिक घटनाक्रमप्रति चासो राख्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रम मनोरञ्जनात्मक मात्र नभई राजनीतिक सन्देशसहित व्यापक रूपमै सफल भएको आयोजकहरूले बताएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।