एमाले सचिवालय बैठक सुरु
काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक जारी छ । दिउँसो १ बजेका लागि तय भएको बैठक समय परिवर्तन गरी ३ बजेलाई सारिएको थियो ।
बैठकमा विधान महाधिवेशनको तयारीबारे छलफल गर्ने एजेन्डा रहेको छ ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । एमालेको विधान महाधिवेशन आगामी भदौ २०– २२ मा हुँदैछ ।
त्यसबाहेक समसामयिक विषयमा समेत छलफल हुने एमाले नेताहरूले बताएका छन् ।


