मधेस सरकारले मलखाद समयमै उपलब्ध गराउनुपर्छः कांग्रेस सभापति यादब

रौतहट, १५ असार। नेपाल किसान महासंघ रौतहट जिल्ला कार्य समितिले धान रोपाई कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।

 

 
नेपाली कांग्रेस मधेस प्रदेशका सभापति कृष्ण प्रसाद यादवको प्रमुख आतिथ्यमा धान रोपाई कार्यक्रम शुरूवात भएको थियो । ूकार्यक्रम ‘आफ्नो देशको उत्पादन हाम्रो शानः  कृषिमा उन्नति हाम्रो अभियान’ भन्ने नाराका साथ नेपाली कांग्रेस समिति गौरको समन्वयमा गौर-४ सोबर्नामाईको प्राङ्गणमा आइतबार बिहान यो कार्यक्रम आयोजना गरिएको हाे ।

 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी कृष्ण प्रसाद यादवले नेपाली कांग्रेस पार्टी किसानको हक अधिकारका लागि सधैँ आवाज उठाउँदै आएको र किसानका दुःख पीडा समाप्त गर्न दीर्घकालीन सोचका साथ अगाडि बढिरहेको बताए। किसानहरूलाई मलखाद समय उपलब्ध गराउनुपर्ने उनकाे माग रहेकाे छ ।  

 

सभापति समेत रहेका यादवले जलवायुमैत्री प्रविधि, आधुनिक कृषि खेतीको अनुसन्धान, विकास र प्रवर्द्धनमार्फत धान, मकै लगायतका बालीको उत्पादन बढाउन मधेस सरकारले ठोस कदम चाल्नुपर्नेमा जोड दिए। उनले यसका लागि आफूहरू साथ दिन तयार रहेको पनि स्पष्ट पारेका छन् । यादवले प्रदेशमा आफ्नै पार्टीको कृषि मन्त्री भएको र आधुनिक खेती प्रणालीको विस्तार, उन्नत बीउ, मल र सिँचाइ सुविधाको सहज पहुँचमार्फत कृषकको जीवनस्तर उकास्ने लक्ष्यअनुरूप आवश्यक नीति तथा कार्यक्रमहरू समावेश गरिएको बताए।

मधेस प्रदेश सरकारलाई शतप्रतिशत बजेट विनियोजन गर्न आवश्यक पहल गर्न बताउँदै थप जोड दिने प्रतिबद्धता व्यक्त गरे। उनले आफू किसानको समस्यासँग परिचित रहेको र त्यसलाई समाधान गर्न गम्भिर रहेको बताए ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।