नक्कली भुटानी झै भिजिट भिषा प्रकरण लुकाउन खोजियोः कमल थापा

काठमाडौं, १५ असार । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नक्कली भुटानी शरणार्थी काण्डमा संलग्नहरुलाई जोगाउन खोजिए झै भिजिट भिसा प्रकरणलाई सामसुम पार्न खोजिएको आरोप लगाएका छन् ।

पार्टीको भातृ संगठन राष्ट्रिय किसान संगठन नेपालद्वारा आज असार १५ धान दिबसमा आयोजित कार्यक्रममा बोल्दै थापाले तर यस्ता भ्रष्टाचारका काण्डको छानबिन र दोषीलाई कानुनको कठघरामा उभ्याउने कार्यलाई जनताले बाध्य तुल्याउने समेत स्पष्ट पारे । 

 

भन्न लाई त नेपाललाई कृषि प्रधान देश भनिन्छ आज धान रोप्ने दिनको आधा समय बिति सक्दा पनि किसानले पर्याप्त रासायनिक मल नपाउने बिडम्बनापुर्ण अबस्था रहेको थापाले बताए ।

 

किसान, मजदुर ,युबाहरुको पक्षमा सरकारले कुनै आशालाग्दो काम गर्न नसकेको तर भ्रष्टाचार र ब्रम्हलुटमा सरकार लिप्त भएको थापाको भनाई थियो । जनताको सशक्त दबाबमा गिरिबन्धु टी स्टेट जग्गा काण्ड, वाइडबडी जहाज काण्ड, ओम्नि र यति काण्ड, माओवादी नक्कली लडाकु घोटालालगायतका सबै भ्रष्टाचारका फाइलहरू खोलिने र दोषीले उन्मुक्ति नपाउने समेत उनले दाबी गरे ।

 

२०८४ को निर्वाचनमा जनताले कांग्रेस, एमाले र माओवादीलाई कुनै पनि हालतमा मत नदिने मनस्थिति बनाइ सकेको भन्दै थापाले जनता विकल्पको खोजीमा रहेको बताए । राप्रपा नेपालले आफ्नो एजेन्डाका बारेमा जनतालाई राम्रोसँग बोध गराई विकल्पका रुपमा प्रस्तुत गर्न सक्नुपर्ने आबश्यकता रहेको बिचार ब्यक्त गरे । 

कार्यक्रममा राप्रपा नेपालका उपाध्यक्षहरु डाक्टर बिष्णु भण्डारी , तेजकुमार कुरुङ्वाङ, महामन्त्री इन्द्र चित्रकार , किसान संगठनका अध्यक्ष डम्बर प्रसाद शिवाकोटी, ज्ञानेश्वर उपाध्याय लगायतले बोलेका थिए ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖