रामहरी खतिवडालाई कारबाही गर्न सुर्य थापाको माग, भन्छन, ‘क्षमायोग्य छैन्

काठमाडौं, १७ असार । सांसदलाई झुक्काएर ‘कुलिङ’ पिरियड’ नराखे पछि राज्य ब्यवस्था सभापति रामहरी खतिवडालाई कारबाही गर्नु पर्ने माग उठेको छ ।
 
राज्य ब्यवस्था समितिमा राखिएकाे ‘कुलिङ पिरियड’ संसदमा प्रतिबेदन लैजादा सभापति खतिवडाले हटाएर पठाएको भन्दै कारबाहीको माग गरिएको हो । 
 
नेकपा एमालेका सांसद सुर्य थापाले खतिवडालाई कारबाही गर्नु पर्ने माग गरेका हुन् । ‘समितिको प्रतिवेदनमै नरहेको ‘बाहेक’ शब्द छलछाम गरी घुसाउने को हो ? भन्दै थापाले भनेका छन, ‘राज्य व्यवस्था तथा सुशासन समितिका सभापति र सचिवले जिम्मेवारी लिनुपर्छ, यदि यस्तो गरेको तथ्य हो भने यो अत्यन्त गैरजिम्मेवार र जवाफदेहिताबिहीन कार्य क्षमायोग्य हुन सक्दैन।’
 
उनले अगाडी भनेका छन, ‘कानुन निर्माणमा विधि र प्रक्रियाविपरितको कुशासन नै हावी देखियो, सार्वभौम संसद र जननिर्वाचित सांसदहरूले छलफल र पारित गरेको कानुनमा कसले के कैफियत ग–यो ? यो गंभीर विषयय भएको छ ।’
 
निजामति सेवा बिधेयकमा ‘कुलिङ पिरियड’ राख्ने सहमति समितिमा भए पनि संसदमा पुगेकाे बिधेयकमा भने ‘कुलिङ पिरियड’ नराखी पारित भएकाे रहस्य खुले पछि यतिखेर खतिवडाकाे अालाेचना भइरहेकाे छ  । 
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।