सहमति बिपरित ‘कुलिङ पिरियड’ नराख्ने कार्य संसदको अपमान र देश प्रति घोर अपराध हो, कारबाही गरौंः शेखर कोइराला

काठमाडौं, १७ असार । सांसदलाई झुक्काएर ‘कुलिङ पिरियड’ नराख्ने राज्य ब्यवस्था तथा सुशाषन समितिका सभापति रामहरी खतिवडालाई कारबाही गर्नु पर्ने माग तिब्र रूपमा उठिरहेको छ ।
 
राज्य ब्यवस्था समितिमा सर्वसम्मत रूपमा राखिएकाे २ बर्षे ‘कुलिङ पिरियड’ संसदमा बिधेयक प्रतिबेदन लैजादा सभापति खतिवडाले त्यसलाई हटाएर पठाएको रहस्योदघाटन भएपछि उनी माथी राजिनामा र कारबाहीको माग बढेको हो ।
 
नेपाली कांग्रेसका सांसदसमेत रहेका खतिवडाले गरेको सो कार्यको यतिखेर सत्ता पक्ष र प्रतिपक्ष दुवैवाट तिब्र आलोचना र आक्रोश ब्यक्त भईरहेका छन् । सोही क्रममा कांग्रेस नेता शेखर कोइरालाले पनि खतिवडाको नाम नलिई आपत्ति जनाएका छन् ।
 
‘सर्वसम्मतिबाट संसदमा पेस भएको निजामति सेवा विधेयक अनधिकृत रुपमा परिवर्तन गरिनु, गराईनु कुनै सामान्य घटना नभई, देश र जनता प्रति गरिएको घोर अपराध र सार्वभौम संसदप्रति गरिएको अपमान हो,’ उनले भनेका छन, ‘यस प्रकारणमा जोडिएकालाई तुरुन्त हदै सम्मको कारवाही अगाडि बढाई, परिवर्तन गरिएको व्यवस्थालाई आजै पुरानै अवस्थामा लैजाउँ ।’
 
उनले सामाजिक सञ्जालमा लेखेका छन, ‘कुलिङ पिरियड नराखी यस विधेयकका अगाडिका काम कारवाही अगाडि बढ्नु हुँदैन र बढ्दैन्।’
 
निजामति सेवा बिधेयकमा ‘कुलिङ पिरियड’ राख्ने सहमति समितिमा भए पनि संसदमा पुगेको बिधेयकमा भने ‘कुलिङ पिरियड’ नराखेर पारित भएको रहस्य खुले पछि यतिखेर खतिवडाको आलोचना भइरहेको छ।
 
खतिवडाले भने प्रतिनिधिसभावाट पास भएको उक्त बिधेयक राष्ट्रियसभावाट सच्चाउने पर्ने तर्क गरिरहेका छन् ।

 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।