धनकुटाको पाख्रीबासमा राष्ट्रिय स्वतन्त्र पार्टीको हस्ताक्षर संकलन अभियान सुरु
धनकुटा । धनकुटाको पाख्रीबासमा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन अभियान सुरु गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रबि लामिछाने माथि राज्यले गरेको चरम दमन र प्रतिशोध बिरुद्धमा देश भर जनताको हस्ताक्षर अभियान सञ्चालन गरेको छ ।
सोही अनुसार धनकुटा जिल्लाको पाख्रीबास नगरपालिकामा पनि रास्वपा पाख्रिबासले नगरको वडा नं ३ बाट हस्ताक्षर संकलन गर्न थालेको छ ।
असार १६ गते वडा ३ को सिंहदेवी चोक,कृषि फर्म क्षेत्र र बोक्रे क्षेत्रमा गरि २ सय १५ जनाको हस्ताक्षर संकलन गरिएको पाख्रीबास नगर संगठन विभाग प्रमुख बिष्णु बिक्रम निरौलाले जानकारी दिए ।
यसैगरि असार १८ गते वडा नं ९ को उत्तरपानी,मार्गा क्षेत्रमा र १९ गते वडा नं ५ को डिकुरे क्षेत्रमा संकलन गरिने साथै यसअधि नगरको वडा मं ४ र १० मा पनि संकलन गरि सकिएको र अन्य वडाहरुमा समेत क्रमश: गरिने रास्वपा पाख्रिबासले जनाएको छ ।



