सरकारबाट बाहिरिने नाउपाको उद्घोष
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सरकारबाट बाहिरिने उद्घोष गरेको छ ।
सल्लाह नगरी सुदूरपश्चम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई मुख्यमन्त्री कमलबहादुर शाहले बर्खास्त गरेपछि नाउपा चिढिएको हो ।
‘अब हामी प्रतिपक्षमा बस्छौँ । जेलबाट हुण्डी खाने सर्वहाराहरु सामाजिक संजालमा कराउँदैछन्,’– नाउपाका संरक्षक रेशमलाल चौधरीले भनेका छन् ।
संघीय सरकारमा राज्यमन्त्री रहेका अरुण चौधरीले शुक्रबार राजीनामा बुझाउने बताइएको छ ।


