पार्टी भित्र कित्ताकाट गर्न खोज्नु अराजकता हो, कारबाही हुन्छः महासचिव पोखरेल

काठमाडौं, २६ असार । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको १० औं राष्ट्रिय महाधिवेशनमा आफैं प्रतिनिधी हुने अनि सोही महाधिवेशनले पास गरेको विधानका बारेमा प्रश्न उठाउने कुरा संगठनात्मक अराजकता भएको बताएका छन् ।
 
विधान महाधिवेशनको तयारी सन्दर्भमा जनसंगठनका इन्चार्ज र पदाधिकारीहरुको भेलालाई आज सम्बोधन गर्दै महासचिव पोखरेलले सो कुरा बताएका हुन । 

भेलामा उनले विधान महाधिवेशनले तय गरेका कतिपय विषयहरु राष्ट्रिय महाधिवेशनले संसोधन गर्न सक्ने भएकोले यसको बैधानिक ब्यवश्था जानकारी नै नलिइ महाधिवेशन प्रतिनिधी हुने कुरा सांगठनिक अराजकता भएको बताए ।

‘विधान महाधिवेशनले अन्तिम रुप दिएका कतिपय प्रावधान तत्कालिन आवश्यकताका आधारमा  राष्ट्रिय महाधिवेशनले संसोधन गर्दछ । दुवै महाधिवेशनका प्रतिनिधी भएर त्यस्ता प्रावधानहरु आफैं अनुमोदन गर्ने अनि अहिले आफैं प्रश्न गर्दै हिड्ने कुरा अनैतिक हो’ महासचिव पोखरेलले भने,  ‘राष्ट्रिय महाधिवेशनले पास गरेका विषयमा टिप्पणी गर्दै हिड्ने कुरा अनुशासनहिन र अराजक हो, जसले यस्ता गतिविधी गर्दछ त्यसको प्रतिवाद गर्नुपर्दछ।’

पार्टी र संगठनभित्र फैलिएको यस्तो अराजकता क्षम्य नहुने भन्दै पार्टीका घोषित नीतिको अवज्ञा कुनै प्रकारलले पनि अवज्ञा नगर्न महासचिव पोखरेलले  चेतावनी दिए ।

भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले पार्टी र नेतृत्व विरुद्धको आक्रमण गतवर्ष अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गरे देखि झनै बढेको बताए । एमाले सरकारमा भएको धेरैलाई मन नपर्ने भएकोले अनेक लाञ्छना लगाएर हरेक दुई महिनामा सरकार परिवर्तनको हल्ला फैलाइने गरेको उनले बताए । 

 ‘कुनै बेला सरकारमा लगिदिनु पर्यो भनेर रातदिन बालकोट धाउनेहरु नै अहिले लोकप्रियताका नाममा एमाले र नेतृत्वलाई गाली गर्ने अग्रपंक्तिमा रहेका छन्’ महासचिव पोखरेलले भने,  ‘पश्चगामी सोच भएका राजावादी र कम्यूनिष्ट नामधारी माओवादी पनि एमालेलाई मात्र गाली गरेर काँग्रेससँग सम्बन्ध सुधार गर्ने प्रयासमा छन् ।’ उनले यी तीनै शक्ति एमालेलाई काँग्रेसबाट अलग्याएर आफूहरु सहितको सरकार बनाउन तल्लिन रहेको पोखरेलले आरोप रहेको छ। 

महासचिव पोखरेलले भदौ २० देखि २२ गतेसम्म हुने विधान महाधिवेशनको तयारीमा लाग्नु पर्नेमा एकथरी नेता कार्यकर्ता पार्टी भित्र नै किताकाट गर्ने काममा संलग्न भएको बताए ।  ‘भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशन हो, राष्ट्रिय महाधिवेशन होइन्, त्यसैले अहिले कुनै नेताका नाममा कित्ताकाट हुनु जरुरी छैन’ महासचिव पोखरेलले भेलालाई निर्देशन दिंदै भने,  ‘जतिबेला जे काम पर्छ त्यही गर्नुहोस, नीति र नेतृत्व निर्माणको भिन्नता नेताहरुले थाहा पाउनुहोस।’

महासचिव पोखरेलले जनसंगठनमा हालै भएका महाधिवेशनहरुका दस्तावेज केन्द्रीय कार्यलयमा साता दिन भित्र पठाउन निर्देशन दिएका छन। ‘जन संगठनका दस्तावेज र पार्टीले तयार गरेको दस्तावेजमा कति भिन्नता छ भन्ने कुरा हामी तुलना गर्छौं’ महासचिव पोखरेलले भने,  ‘सबै जनसंगठनले जनतासँग जोडिने नीति र दस्तावेज बनाएर कार्यन्वयन गर्नुहोस ।’

पार्टी स्थायी कमिटी सदस्य एवं जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकालले विधान महाधिवेशनले पास गरेका कतिपय विषयवश्तु चितवन महाधिवेशनले संसोधन गरेको  स्मरण गराउदै पार्टीको निर्णय विरुद्ध नबोली नेता होइदैन भन्ने मानसिकता त्याग्न आग्रह गरे।

 ‘पार्टीका नीति,बिधि माथी तलबितल गरियो भने मात्र नेता होइन्छ भन्ने सोचाइ त्याग्नुहोस’ ढकालले केही जनसंगठनका पदाधिकारीलाई लक्षित गर्दै भने,  ‘पार्टीको संस्थागत निर्णय नमान्दा हुन्छ भन्ने मानसकिता केही जनसंगठनका पदाधिकारीमा देखिन्छ । यस्तो प्रवृति पार्टीको नोटिसमा छ ।’

भेलालाई जनसंगठन संयन्त्रका उपप्रमुख रचना खड्काले सम्बोधन गर्नुभएको थियो भने केन्द्रिय सदस्य एवं मानव अधिकार एलायन्सका इन्चार्ज विष्णु 
रिजालले स्वागत गरेका थिए । भेलामा सबै जनसंगठनका अध्यक्ष र प्रतिनिधीहरुले आफ्ना संगठनका गतिविधी जानकारी गराएका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖