माओवादी केन्द्र धनकुटाको बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न
धनकुटा । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको जिल्ला समन्वय समिति बैठक तथा प्रशिक्षण कार्यक्रम धनकुटामा गत शनिबार सम्पन्न भएको छ।
माओवादी केन्द्रका उपमहासचिव तथा कोशी प्रदेश इन्चार्ज क.हरिबोल गजुरेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।
प्रसिक्षण कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज क. धनमाया विश्वकर्मा, कोशी प्रदेश अध्यक्ष क. हर्क बहादुर नेम्बाङ “मिक्सो”, प्रदेश सचिब क . गणेश उप्रेती “सुशिल”, अनेम संघ (क्रान्तिकारी) कोशी प्रदेश अध्यक्ष क. लता न्यौपानेकाे समेत उपस्थिति रहेको थियो भने पार्टीका जिल्ला अध्यक्ष क. कुसुम श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो।
पार्टीको भावी रणनीति, योजना, अभियान र आन्दोलन बारे प्रमुख अतिथी गजुरेलले प्रशिक्षण दिनुभएको थियो। यस धनकुटामा २०६४ सालको निर्वाचनमा जसरी माओवादीले जित हासिल गरेको थियो त्यसरी नै जित हासिल गर्न संगठन बिस्तारमा लाग्न कार्यक्रममा उपस्थित नेता कार्यकर्तालाई प्रमुख अतिथि गजुरेलले निर्देशन समेत दिनु भयो।
प्रदेश अध्यक्ष मीक्सो, सचिब उप्रेति र अनेम संघ (क्रान्तिकारी) की प्रदेश अध्यक्ष न्यौपानेले प्रशिक्षण दिनुभएको कार्यक्रममा माओवादी केन्द्रका धनकुटा जिल्ला भित्रका ७ वटै पालिकाका पदाधिकारीहरु , वडा समिति अध्यक्षहरू, जबस अध्यक्षहरू र जिल्ला सदस्यहरूकाे उपस्थिति रहेको थियो भनी अनेम सघ (क्रान्तिकारी) कोशी प्रदेश सदस्य तथा माओवादी केन्द्र महालक्ष्मी नगरसमिति उपाध्यक्ष क. सानु कार्की बस्नेतले जानकारी दिनुभयो।
प्रसिक्षण अघि सनिबार बिहान अतिथि गजुरेल र प्रेस सेन्टर धनकुटाका पत्रकार बिच अन्तर्क्रिया तथा भेटघाट कार्यक्रम समेत भएको थियो।


