प्रदेश प्रमुख काठमाडौं हिडे पछि बाग्मतीको सपथ ग्रहण रोकियो

हेटौडा, १५ असार ।  बागमती प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरूको आजका लागि तय गरिएको शपथग्रहण कार्यक्रम रोकिएको छ।

प्रदेश प्रमुख दिपकप्रसद देवकोटा स्वास्थ्यमा समस्या देखाएर आज बिहानै काठमाडौं हिँडेपछि शपथग्रहण कार्यक्रम अन्तिममा रोकिन पुगेको हो। उनी आज बिहानै उपचारका लागि काठमाडौं हिँडेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

 

मुख्यमन्त्री बहादुर सिंह लामाले आज नवनियुक्त ३ मन्त्रीको पद तथा गोपनियताको सपथ लिने जनाएका थिए ।  जसअनुसार गोविन्द लम्सालले आन्तरिक तथा कानुन, गीता गुरुङले सहकारी तथा गरिबी निवारण र माया श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्रीमा आज शपथग्रहण गराउने कार्यक्रमा थियो ।

 

हिजो सम्पन्न निर्वाचनबाट कांग्रेस संसदीय दलको नेतामा इन्द्र बानिया निर्वाचित भइसक्दा पनि लामाले भने तीन मन्त्री नियुक्त गरेका थिए । सायद, यो बिबाद छल्न प्रदेश प्रमुख हेटौडा छाडेर काठमाडौं लागेको अनुमान गरिएको छ ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।