विश्वका चार धामभित्र पर्ने छायाँनाथ धामको तीर्थयात्रा शुरु

खड्क सुनार , मुगु १६ साउन  । विश्वका चार धामभित्र पर्ने छायाँनाथ धामको तीर्थयात्रा शुरु भएको छ ।

 

शुक्रवार  छायाँनाथ रारा नगरपालिका २ चैन गाउँमा रहको छायाँनाथ मन्दिरमा रहेका शिवजीको मूर्ती पुजारीका साथ बाजागाजा र सुरक्षाकर्मीसहित नेपाल प्रहरीद्धारा सलामि अर्पण गरी आजबाट छायानाथ धामको तिर्थ यात्रा सुरु भएको हो ।

 

 

मुगुमकार्मारोङ गाउँपालिका तथा साविकको डोल्फु गाविसमा रहेको छायाँनाथ मन्दिरमा लगेपछि छायाँनाथ धाम तीर्थयात्रा शुरु भएको हो ।

 

हरेक बर्ष श्रावण शुक्लपक्ष, अष्टमी तिथिका दिन जिल्लाको प्रसिद्ध देवता छायाँनाथ मन्दिरमा रहेको छायाँनाथ ठाकुर ज्यूको मुर्ति पवित्र धाम छायाँनाथमा नुहाउन लगिए संगै छायाँनाथ धाम तीर्थ यात्रा शुरु भएको मानिन्छ । 

आज लगिएको शिवजीको मूर्ति जनैपूर्णिमासम्म छायाँनाथ मन्दिरमा रहने र दर्शनको लागि मुगु लगायत, जुम्ला, हुम्ला, कालीकोट, डोल्पा दैलेख, जाजरकोट, बाजुरा, अछाम, डोटी लगायतका धामी झाँक्रीसहित तीर्थालुहरु दर्शन गर्न छायाँनाथ धाममा आउने गर्दछन्।

 

जनैपूर्णिमामा छायाँनाथमा ५ दिनसम्म पुजापाठ, होम ब्रत हुने गर्दछ भने त्यसमा बरदान माग्न देशका विभिन्न जिल्लाबाट तीर्थालुको ओइरो लाग्ने गरेको छायाँनाथ मन्दिरका पुजारी सनत हमालले बताए ।  

महादेबले शतिदेवीको शवलाई घुमाउदै लैजाने क्रममा छायानाथ पुग्दा सतीदेवीको अन्तिम शेष छायानाथमा  पतन भएकाले विश्वका चारवटा धाम मध्य छायानाथलाई जेठो धामका रुपमा मानेर देश भरिका हिन्दु धर्मालम्वीहरुले साउन शुक्ल पुर्णिमाका बेला दर्शन गर्न आउने, पाप कट्टा हुने र मनले सोचेको कुरा पुरा हुने विश्वासले छायानाथ दर्शन गर्न पुग्ने गरेको पुजारीहरुको भनाई छ ।

छायाँनाथ मन्दिरमा जाने तीर्थालुहरुले श्राद्ध, होम, व्रतबन्ध, र आफुले चिताएको वरदान मागेर फिर्ता हुने गरेका छन्। कोही झाँक्री बनेर आउने गरेका छन् भने कोही देवताका घण्ट, माला पवित्र बनाउन जाने गरेका छन्।

 

बिश्वकै ४ पवित्र स्थलका रुपमा रहेको छायाँनाथ बिश्वकै उच्च स्थानमा रहने धामका रुपमा समेत चिनिने गर्दछ । 

 

शुक्रवार प्रस्थान गरेको टोली अबको ९ दिन पछाडी पुर्णिमाको पछिल्लो दिनमा फर्किने गर्दछ ।

 

यसैबीच, नवमीका दिन जिल्लामै रहेको अर्को धार्मिक स्थल क्रणमोक्ष मन्दिरमा पनी छायाँनाथ मन्दिरमा रहेको अर्को मूर्ति लिएर तिर्थालुहरु जाने भएका छन्। त्यहाँ पनि मुगु लगायत जिल्ला बाहिरका तिर्थालु दर्शन गरी आउने गर्दछन् । 
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।