रिहाइको माग गर्दै लामिछानेले अदालतमा दिए निवेदन, बिगोबराबरको बैंक ग्यारेन्टी दिन तयार

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूले वहन गर्नुपर्ने भनिएको बिगोबराबरको बैंक जमानत लिएर थुनामुक्त गर्न माग गर्दै अदालतमा निवेदन दिएका छन् । लामिछानेले गत साउन १९ गते रूपन्देही जिल्ला अदालतमा निवेदन दिँदै आफूले बहन गर्नु पर्ने बिगोबराबरको बैंक जमानतमा रिहाइको माग गरेका हुन् ।

लामिछाने उच्च अदालतको आदेशमा भैरहवा कारागारमा थुनामा छन् । यसअघि रूपन्देही अदालतले उनलाई एक करोड धरौटीमा रिहा गरेकोमा उच्च अदालतले सो आदेश उल्ट्याउँदै पुर्पक्षका लागि थुनामा पठाएको थियो । मुद्दा चलिरहेको सुरु जिल्ला अदालत रूपन्देहीबाट नै अब उनको मुद्दाको छिनोफानो हुनेछ ।

लामिछानेले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७१ बमोजिम थुनामुक्त गर्न माग गरेका गरेका छन् । संहिताको दफा ६८ मा ‘अदालतले धरौट, जमानत वा बैंक जमानत लिई तारिखमा राख्न सक्ने’ र दफा ७१ मा कारबाहीको जुनसुकै अवस्थामा पनि जमानतमा राख्न सकिने व्यवस्था रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖