फतुवा बिजयपुरकी उपमेयरले बिर्सिन् हैसियत, चाैतर्फी आलोचना

सञ्जय मिश्रा/रौतहट, २२ साउन । रौतहटको पश्चिमी भेग फतुवा विजयपुर नगरपालिकाकी उपमेयर अम्बेया खातुनले आफ्नो कानुनी हैसियत बिर्सेपछि चौतर्फी आलोचना सुरु भएको छ।

 

खातुनले वडा ११ मा बुधवार उद्घाटन गरिएको ‘आधारभूत स्वास्थ्य चौकी हिमालीवास’ को शिलापाटीमा कार्यवाहकको स्थानमा मनपरी नगर प्रमुख लेखाएपछि अहिले नगरका बुद्धिजीवी देखी सामाजिक सञ्जाल फेसबुकमा आलोचना सुरु भएको हो।

शिलापाटीमा नगर प्रमुख अम्बेया खातुन लेखाएसंगै स्थानीय राजनीतिमा नयाँ बहसको सुरुआत गराएको छ। सो शिलापाटीमा कार्यवाहक नगर प्रमुख अम्बेया खातुनको नाम ‘नगर प्रमुख’ को रूपमा उल्लेख गरिएको छ- जुन कानुनी दृष्टिकोणले प्रष्ट रूपमा त्रुटिपूर्ण देखिन्छ।

अम्बेया खातुन हाल फतुवा विजयपुर नगरपालिकाको उपमेयर (उपप्रमुख) हुन्। नेपालको स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार, मेयर अनुपस्थित हुँदा उपमेयरले कार्यवाहक नगर प्रमुख को जिम्मेवारी सम्हाल्ने व्यवस्था छ। तर यस कार्यवाहक भूमिकाले उनलाई (नगर प्रमुख) भन्ने औपचारिक हैसियत दिन सक्दैन।

यस सन्दर्भमा शिलापाटीमा ‘नगर प्रमुख अम्बेया खातुनज्यूको करकमलबाट’ उद्घाटन भएको उल्लेख हुनु कानुनी तथा प्रशासनिक रूपमा विवादास्पद ठहरिन सक्छ। सो शिलापाटीको फोटो सामाजिक सञ्जालमा व्यापक रूपमा सेयर भएपछि यो विषय थप चर्चाको विषय बनेको छ।

यस अघि, खातुनको कार्यकक्षमा राखिएको नाम प्लेटमा  ूकार्यवाहक नगर प्रमुख नै उल्लेख गरिएको देखिन्छ। यसले स्थानीय तहमा पदको सीमितता, कानुनी मर्यादा र सार्वजनिक जवाफदेहितामाथि गम्भीर प्रश्न उठाएको छ।

 

यस्ता कार्यहरू त्रुटिवश भएका हुन् वा जानबुझी गरिएका भन्नेबारे अझै स्पष्ट हुन बाँकी छ। तर यस्तो कार्यले स्थानीय नेतृत्वको वैधानिकतामाथि जनताको विश्वास कम गराउने सम्भावना उच्च देखिन्छ। स्थानीय सरकारको औपचारिक निर्णय, अभिलेख तथा दस्तावेजमा यस्ता गलत प्रतिनिधित्व हुनु गम्भीर मानिन्छ।

 

स्थानीय प्रशासन विज्ञ राजेन्द्र यादव भन्छन्, “कार्यवाहक पदको प्रयोग अल्पकालीन हो। जबसम्म कार्यवाहक लेखिएको छैन, तबसम्म त्यो व्यक्ति ुकार्यवाहकु होइन, ुनगर प्रमुखु को वैधानिक अधिकार प्राप्त गर्दैन। शिलापाटी र पदनाममा यस्ता भूल गम्भीर प्रशासनिक त्रुटि मानिन्छ।”

 

शासन व्यवस्थामा पदको मर्यादा, भूमिका र अधिकारको सीमारेखा स्पष्ट हुनुपर्छ। फतुवा विजयपुरको यो प्रकरणले देखाएको छ कि राजनीतिक जागरूकता र कानुनी शिक्षा अभावमा कसरी पदको दुरुपयोग वा भ्रम सिर्जना हुन सक्छ। अब नगरपालिकाले यो विषयलाई गम्भीरतासाथ लिनु र आवश्यक संशोधन गर्नु अपरिहार्य देखिन्छ।

२०७९ सालको स्थानीय निर्वाचनमा फतुवा बिजयपुर नगरपालिकामा नेपाली कांग्रेस पार्टीको टिकटबाट मेयरमा गोपाल राय यादव र उपमेयरमा अम्बेया खातुन निर्वाचित भएकी थिइन्। तत्कालीन मेयर यादव बिशेष अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएसंगै २०८० सालमा निलम्बित हुँदा उपमेयर खातुन कार्यवाहकको जिम्मेवारी पाएकि हुन। उनी कार्यवाहक बजेदेखि नै नगरपालिकाको अवस्था अस्तब्यस्त बनेको छ।

 

सामान्य लेखपढ गर्न सक्ने खातुन केवल छाप मात्र हुन्। नगरपालिकाको सम्पूर्ण कामकाजमा उनको श्रीमान महमद सेराजले हस्तक्षेप गर्दै आएको छ। बुधवार स्वास्थ्य कार्यालयको उदघाटनमा राखिएको शिलापाटी मा कार्यवाहकको स्थानमा नगरप्रमुख लेखाउनमा पनी सेराजकै प्रमुख भुमिका रहेको स्थानीयहरूले बताएका छन्। तत्कालीन मेयर यादवको पद गएपछि सिंगो नगरको दुर्भाग्य बनेको छ। खातुन दम्पतीको आर्थिक मोहको कारण बजेटको भागबण्डा नमिलेर असार १० गतेभित्र हुनुपर्ने नगरसभा हालसम्म हुनसकेको छैन। त्यतिमात्र नभई सेराजको कमिसन मोहको कारण गत आर्थिक बर्षमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत तीनवटा बिद्यालय भवन निर्माणका लागि आएको १ करोड ६५ लाख रुपैयाँ फ्रिज भएको थियो।

 

 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।