बिधान महाधिवेसन स्थलमा पुगे एमाले शिर्ष नेता, महाधिवेसन प्रबिधि मैत्री बनाइने

काठमाडौं, २२ साउन । नेकपा एमालेका शीर्ष नेताहरुले बिधान महाधिवेशन स्थल गोदावरी सनराईज हलको निरक्षण गरेका छन । 

 

एमालेका कार्यबहाक अध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा एमाले शीर्ष नेताहरुले महाधिवेशन स्थलको निरक्षण गरेका हुन् । एमालेको बिधान महाधिेशन आगामी जेठ २० देखि २२ गतेसम्म गोदावरी सनराइज हलमा हुँदैछ ।

 

सोही क्रममा आज बिहान कार्यबहाक अध्यक्ष पोखरेल, उपाध्यक्ष तथा उपप्रधान एवं अर्थमन्त्री बिष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल, प्रचार बिभाग प्रमुख राजेन्द्र गौतम, स्वास्थ्य बिभाग प्रमुख कृष्णगोपाल श्रेष्ठ केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीलगायतका नेताहरुले महाधिवेशन स्थल निरीक्षण गरेका हुन । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तानको भ्रमणमा रहनुभएकोले हाल एमालेको कामको नेतृत्व कार्यबहाक अध्यक्ष इश्वर पोखरेलले गरेका थिए ।  

 

महासचिव शंकर पोखरेलले महाधिवेशन तयारीको कामलाई तीब्रता दिन ब्यवस्थापनमा खटिएका टीमलाई निर्देशन दिए । एमालेले आफ्नो बिधान महाधिवेशनलाई जेनजी पुस्तादेखि पाका पुस्तासम्मलाई आकर्षित गर्ने गरी हलको डिजाइन गर्ने बताएको छ । प्रविधिको प्रयोगमा सवैभन्दा अगाडि रहेको एमाले यो महाधिवेशनबाट ब्यवहारमा त्यसलाई सिद्ध गर्ने योजनाका साथ काम थालेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।