राजसंस्था र हिन्दु राष्ट्रलाई बिदेशीको ईशारामा एम्बुसमा पारियो: कमल थापा

काठमाडौं, २३ साउन।राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालको पहिचानको रुपमा रहेको राजसंस्था र हिन्दुराष्ट्रलाई बिदेशीको इसारामा एम्बुसमा पारिएको बताएका छन् ।
 
 नेपाली जनताको अभिमत बिना बिदेशी शक्तिको प्रभाब र प्रायोजनमा जबर्जस्ति लादिएको एजेन्डाले मुलुकको हित गर्न नसकिने उनले दाबी गरेका छन् ।
 
संघीयता नेपाली जनताले बुझ्दै नबुझेको भन्दै संघीयताको नाममा मुलुकले सेतो हात्ती पाल्न नसक्ने थापाले स्पष्ट पारे
 
२०६२/०६३ को परिबर्तनको समयमा आफुले धेरै नजिकबाट बिदेशी दबाब र प्रभाबलाई देखेको भोगेको थापाको दाबी थियो ।
मुलुकमा अहिले राजनितिको नाममा सिद्धान्तच्युत , भ्रष्ट , नौटङ्गी, ठगहरु हाबी भएको भन्दै थापाले मुलुकलाई स्वाधिन र समृद्ध बनाउने हो भने राप्रपा नेपालले लिएको बिचारधाराबाट मुलुकलाई अघि बढाउनु पर्नेमा उनको जोड थियो ।
 
मुलुकलाई बचाउन र बनाउन अब सम्बर्द्धनबादको मार्ग बाहेक अरु विकल्प नभएको भन्दै थापाले राप्रपा नेपाललाई मुलुकको बैकल्पिक राष्ट्रबादी प्रजातान्त्रिक शक्ति बनाउने अभियानमा आफू अझै उच्च मनोबल सहित कृयाशिल भएको उनको धारणा थियो ।
 
आज आयोजित पार्टी प्रवेश कार्यक्रममा डा. बालकृष्ण दाहाल, डा.सुदर्शन सुबेदी, अर्थबिद प्रकाश थापा, कृषी बिज्ञ अश्विन आचार्य, बिष्णु तिवारी लगायत विभिन्न महत्त्वपूर्ण ब्यक्तिहरुलाई अध्यक्ष थापाले पार्टीमा स्वागत गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।