अखिल नेपाल महिला सङ्घ नगर कमिटी धनकुटाको बैठक सम्पन्न
धनकुटा । अखिल नेपाल महिला सङ्घ नगर कमिटी धनकुटाको नियमित बैठक आज सम्पन्न भएको छ।
बैठकमा वार्षिक कार्ययोजना सम्बन्धी छलफल तथा पारित गरिएको छ साथै महिलाहरूको महत्त्वपूर्ण चाड हरितालिका तीजलाई लक्षित गरी अखिल नेपाल महिला सङ्घ नगर कमिटी धनकुटाले तीज विशेष कार्यक्रम आगामी भाद्र ६ गते शुक्रबारका दिन दशैंवटा वडाका अखिल नेपाल महिला सङ्घ वडा कमिटी लगायत पार्टीमा आबद्ध महिला दिदीबहिनीहरूलाई समेटेर कार्यक्रमको आयोजना गर्ने भएको छ।
उक्त बैठकमा जिल्ला पार्टी कमिटी अध्यक्ष शिव आंग्ला, अखिल नेपाल महिला सङ्घ जिल्ला कमिटी अध्यक्ष गोमा कार्की ,उपाध्यक्ष अस्मिता राई ,सचिव सम्झना आले ,पार्टी नगर कमिटी अध्यक्ष अर्जुन छाराहाङ लगायतको उपस्थिति रहेको थियो ।


