नेकपा माओवादी केन्द्र सहिदभूमिको अध्यक्षमा देवल कुमार राई सर्वसम्मत चयन
नरेन्द्र कश्चित/धनकुटा,२४ साउन । नेकपा माओवादी केन्द्र सहिदभूमि गाउँ कार्यसमितिको दोस्रो गाउँ अधिवेशनबाट देवल कुमार राईको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ ।
नेकपा माओवादी केन्द्रको सहिदभूमि गाँउपालिका वडा नं ३ को पन्चकन्यामा भएको दोस्रो गाउँ अधिवेशनबाट राईको अध्यक्षतामा ३५ सदस्यीय गाउँ कार्यसमिति चयन गरिएको हो ।
नेकपा माओवादी केन्द्र सहिदभूमिको दोस्रो गाउँ अधिवेशनबाट उपाध्यक्ष पदमा क्रमश: रघु राई, सफल राई,सचिव पदमा भानु राई, सह-सचिव पदमा क्रमश: मोबिल कुमारी राई, दयाराज राई सर्वसम्मत चयन गरिएको छ भने सदस्यहरुमा सुन्दर राई,सविन राई,मान ब.खड्का,शेर ब.भूजेल, हरि माया बिसुङ्खे,सरस्वती राई, गणेश राई, बिलासमान राई,कुन्दन राई,भूपाल राई,विजय राई,पवन राई,एसके राई,थाम्बाहाङ्ग राई, थाम बहादुर राई, रेमन्त छारा राई, दूर्गा परियार सर्वसम्मत चयन गरिएको निर्वाचित अध्यक्ष देवल कुमार राईले बताउनु भयो ।साथै आज निर्वाचित कार्यसमितिको आगामी बैठकद्वारा बाँकी रहेको पदहरुमा पदपूर्ति गरिने र गाउँ कार्यसमितिलाई ४५ सदस्यीय बनाएर पूर्णता प्रदान गरिने समेत अध्यक्ष राईले बताउनु भयो ।
नेकपा माओवादी केन्द्र प्रदेश अध्यक्ष एवं केन्द्रीय सदस्य हर्क नेम्वाङ(मिक्सो) को प्रमुख आतित्थ्यमा नेकपा माओवादी केन्द्र सहिदभूमि गाउँ कार्य समितिको दोस्रो गाउँ अधिवेशन सम्पन्न भएको थियो भने विशेष अतिथिमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य ग्याल्बु शेेर्पा,नेकपा माओवादी केन्द्र धनकुटा संयोजक कुसुम कुमारी श्रेष्ठ(जुली),नेकपा माओवादी केन्द्र प्रदेस सदस्य विष्णु माया कन्दवा(कविता),नेकपा माओवादी केन्द्र प्रदेस सदस्य एवं सहिदभूमि गाउँपालिका इन्चार्ज भरत राई लगायतको उपस्थिति रहेको थियो ।


