रबि लामिछाने बस्ने कारागारको मानव अधिकार आयोगको टिमबाट अनुगमन

भैरहवा । रबि लामिछानेलाई कारागारमा राखिएको विषयमा समाचार बाहिर आएपछि मानवाधिकार आयोगको टिमले रुपन्देही कारागारको अनुगमन गरेको छ ।मानवाधिकार आयोगकी आयुक्त लिली थापासहितको टोलीले सोमबार कारागारको अनुगमन गरेको हो ।

अनुगमनपछि आयुक्त थापाले लामिछाने बस्ने कोठाको झ्याल बन्द गरिएको पाइएको बताउदै कारागार प्रशासनले खोलिदिने बताएको उनले जानकारी दिएकी छन् ।उनले भनिन्- ‘झ्याल समेत नभएको पाइएको छ । कारागारको प्रमुखले सुरक्षाको कारणले झ्याल बन्द गरिएको बताउनु भएको छ । तर अब उहाँले खोलिदिन्छु भन्नु भएको छ । अर्को अदालतले बन्दीको स्थानान्तरण गर्न दिएको आदेश पालना नगरिएको विषयमा आयोगले गम्भीर रुपमा छलफल गर्छ ।

स्रोत साधन कम भएको र २५० जनाको क्षमता भएकोमा ७०० जनालाई व्यवस्थापन गरेकोमा कारागार प्रशासनलाई धन्यवाद छ ।उनले न्युनतम मानव अधिकार समेत पुरा नभएको भन्ने कुरा बाहिर आएपछि आफुहरु अनुगमनको लागि आएको उनले बताएकी छन् ।

आयुक्त थापाले आफुहरुले कारागारमा मानव अधिकारको न्युनतम पालना समेत नरहेको विषयमा छलफल गर्ने बताएकी छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖