बागमतीका मुख्यमन्त्री बानियाँले विश्वासको मत लिने विषय पेचिलो बन्दै, काँग्रेसका १४ सांसद काठमाडौँमै

काठमाडौँ । बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत लिने विषय पेचिलो बनेको छ ।

काँग्रेस भित्रको आन्तरिक किचलोको कारण मुख्यमन्त्री बानियाँले विश्वासको लिने विषय पेचिलो बनेको हो ।आज ४ बजे बस्ने बागमती प्रदेशको बैठकमा विश्वासको मत लिने तयारी भइरहेका बेला काँग्रेसका १४ सांसद भने काठमाडौँमा रहेका छन् । पुर्व मुख्यमन्त्री बहादुरसिंह लामा पक्षका सांसद काठमाडौँमै बसेपछि विश्वासको मत लिने बानियाँको योजना अवरुद्ध हुने देखिएको छ ।बहादुरसिंह लामाले आफुले पछिल्लो समय मन्त्री बनाएका तीन जनालाई निरन्तरता दिने सर्तमा राजीनामा दिएको भएपनि अहिले बानियाँले सो सहमति पालना नगरेसम्म विश्वासको मत नदिने बताएका छन् ।

बागमती प्रदेशमा रहेका १४ मन्त्रालयमा कांग्रेसले मुख्यमन्त्रीसहित ८ र एमालेले ६ मन्त्रालय पाएको छ । एमालेले आफ्नो भागका ६ मन्त्री सरकारमा पठाइसकेको छ भने कांग्रेसले दुई जनामा मात्र मन्त्री पठाएको छ ।११० सदस्यीय बागमती प्रदेशमा कांग्रेसका ३७ र एमालेका २७ गरि ६४ सांसद रहेका छन्, जुन बहुमतभन्दा बढी छ ।

त्यस्तै बागमतिमा नेकपा माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद रहेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।