वेस्ट इन्डिजले जित्यो पाकिस्तान विरुद्धको एक दिवसीय सिरिज
काठमाडौँ । वेस्ट इन्डिजले पाकिस्तानविरुद्धको एक दिवसीय सिरिज जितेको छ ।
गएराती सम्पन्न सिरिजको तेस्रो खेलमा वेस्ट इन्डिजले पाकिस्तानलाई २०२ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।वेस्ट इन्डिजले दिएको २९५ रनको लक्ष्य पछाएको पाकिस्तानले २९.२ ओभरमा अल आउट हुदै केवल ९२ रन बनाएको थियो ।
पाकिस्तानका लागि सलमान आघाले २० र मोहमद नवाजले २३ रन बनाएका थिए । त्यसैगरी पाकिस्तानको ब्याटिंग लाइन ध्वस्त गर्नेक्रममा वेस्ट इन्डिजका बलर जयडेन सील्सले सर्बाधिक ६ विकेट लिएका थिए ।यस अघि टस हारेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिजले ५० ओभरमा ६ विकेट गुमाउदै २९४ रन बनाएको थियो ।
वेस्ट इन्डिजका लागि कप्तान शाइ होपले १२० रनको शतकीय पारी खेलेका थिए भने जस्टिन ग्रीभ्सले अविजित ४३ रन बनाएका थिए ।यो जितपछि वेस्ट इन्डिजले ३ खेलको सिरिज २-१ ले जितेको छ ।


