एसिटीविरुद्ध नेपाल लगातार दोस्रो खेलमा ६ बिकेटले विजयी

काठमाडौं, १० भदौं । नेपालले ट्वान्टी–२० अभ्यास खेलमा अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी) विरुद्ध लगातार दोस्रो जित दर्ता गरेको छ ।

मंगलबार सम्पन्न दोस्रो खेलमा नेपाल ६ विकेटले विजयी भयो । मंगलबारै सम्पन्न पहिलो खेलमा नेपालले ४१ रनको जित निकालेको थियो ।

एसिटीले प्रस्तुत गरेको ९७ रनको लक्ष्य नेपालले १३.२ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अविजित ४२, गुल्शनकुमार झाले २३ र आरिफ शेखले अविजित ११ रन बनाए ।

एसिटीका लागि एसिटीका लागि  इसाम रहमानले दुई तथा  लुइस इभन्स र देव दुबे समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको एसिटी १७.२ ओभरमा ९६ रनमै समेटियो । एसिटीका लागि निक ब्रोएसले १६, ज्याक केओघ, मिकी म्याकनमारा र टम होगनले समान १५ तथा जेक स्मिथले १० रन बनाए ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरी र शाहब आलमले समान चार तथा कप्तान रोहितकुमार पौडेल र गुल्शनकुमार झाले समान एक विकेट लिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖