नेपाल दोस्रो अभ्यास खेलमा पनि पराजित, तीन रन नहुदा भए बिबश

काठमाडौं, १२ भदौं ।  नेपाली राष्ट्रिय क्रिकेट टोलीले साउथ अस्ट्रेलियासँग लगातार दोस्रो हार बेहोरेको छ ।

 

बिहीबार  सम्पन्न दोस्रो अभ्यास ट्वान्टी–२० खेलमा नेपाल जम्मा तीन रनले पराजित हुन बिबश भयो । बिहीबारै यसअघि सम्पन्न पहिलो खेलमा पनि नेपाल तीन विकेटले पराजित भएको थियो ।

 

साउथ अस्ट्रेलियाले प्रस्तुत गरेको १६१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभर नै ब्याटिङ गरे पनि सबै विकेट गुमाउँदै १५७ रन मात्रै बनाउन सक्यो ।

 

नेपालका लागि रुपेशकुमार सिंहले ३७, लोकेश बमले ३२, भीम सार्कीले २९, कुशल भुर्तेलले ११ र आरिफ शेखले १० रन बनाए ।

 

साउथ अस्ट्रेलियाका लागि क्याम्पबेल थम्पसनले चार तथा टम मेन्जिएस, टिम ओक्ली र नोह म्याकफडेनले समान दुई विकेट लिए ।

 

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको साउथ अस्ट्रेलियाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १६० रनको योगफल तयार पारेको थियो  ।

 

साउथ अस्ट्रेलियाका लागि रायन किंगले ३४, ह्यारी मनेन्टी र  ड्यानियल ड्रियुले समान २९, डाउट्जी होगनबोइजिमले १४, थोमस ब्राउनले ब्राउनले अविजित १२, ज्याक विन्टरले १२ र कप्तान म्याकेन्जी हार्वेले ११ रन बनाए ।

 

नेपालका लागि रुपेश सिंह, करण केसी र शाहब आलमले समान दुई तथा दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले समान एक विकेट लिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।