नेपालमा फेसबुक मोनेटाइजेसन सुरु
काठमाडौ । नेपालमा फेसबुक मोनेटाइजेसन सुरु भएको छ।
अब क्रिएटरहरूले आफ्नो फोटो, भिडियो र रिलबाट कमाएको आम्दानी नेपाली बैंकमार्फत निकाल्न सक्नेछन्।
मेटाको सूची अनुसार नेपाल मोनेटाइजेसन उपलब्ध देशहरूमध्ये समावेश छ, जसले डिजिटल क्रिएटरहरूलाई प्रत्यक्ष आम्दानीको अवसर प्रदान गर्नेछ।


