जेन–जी आन्दोलनमा ज्यान गुमाएकाको शोकमा पाख्रिबास नगरले दियो शोक बिदा

धनकुटा,२४ भदौ । ‘जेन–जी’ समूहको प्रदर्शनमा ज्यान गुमाउने युवाको शोकमा धनकुटाको पाख्रिबास महानगरपालिकाले आज (मंगलबार) शोक बिदा दिने निर्णय गरेको छ ।

देशको विकास र सम्वृद्धिको सपना बोकी भविष्यका कर्णधारका रूपमा रहेका “Gen-Z” समूहका युवाहरु भष्ट्राचार र वेथिती विरुद्ध खबरदारी गर्दै आफ्नो आवाज सरकारसमक्ष पुऱ्याउन हिजो भएको आन्दोलनमा १९ जना होनाहार युवाहरु गुमाएको छ भने ४२२ जना भन्दा बढी युवाहरु घाइते भई उपचाररत हुनुहुन्छ ।

यस दुखद् घडीमा मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली एवम् शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्नुका साथै उपचाररत घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै आज मिति २०८२/०५/२४ गते मंगलबार १ (एक) दिन यस नगरपालिकाले आन्दोलनमा ज्यान गुमाउने महान युवाहरुको सम्मानमा नगर क्षेत्रभित्र शोक बिदा दिइएको व्यहोरा अनुरोध छ,नपा प्रमुख ज्ञान बहादुर गुरुंग हस्ताक्षरित सुचनामा उल्लेख छ ।

आज पाख्रीबास नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरु, स्वास्थ्य संस्थाहरु, शैक्षिक संस्थाहरु र अन्तर्गतका कार्यालयहरुमा अत्यावश्यक सेवा बाहेकका सेवाहरु बन्द हुने व्यहोरा पनि उल्लेख गरिएको छ ।

हेर्नुहोस् सुचना-

देशको विकास र सम्वृद्धिको सपना बोकी भविष्यका कर्णधारका रूपमा रहेका “Gen-Z” समूहका युवाहरु भष्ट्राचार र वेथिती विरुद्ध खबरदारी गर्दै आफ्नो आवाज सरकारसमक्ष पुऱ्याउन मिति २०८२/०५/२३ गते भएको आन्दोलनमा १९ जना होनाहार युवाहरु गुमाएको छ भने ४२२ जना भन्दा बढी युवाहरु घाइते भई उपचाररत हुनुहुन्छ । यस दुखद् घडीमा मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली एवम् शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्नुका साथै उपचाररत घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै आज मिति २०८२/०५/२४ गते मंगलबार १ (एक) दिन यस नगरपालिकाले आन्दोलनमा ज्यान गुमाउने महान युवाहरुको सम्मानमा नगर क्षेत्रभित्र शोक बिदा दिइएको व्यहोरा अनुरोध छ । उक्त दिन पाख्रीबास नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरु, स्वास्थ्य संस्थाहरु, शैक्षिक संस्थाहरु र अन्तर्गतका कार्यालयहरुमा अत्यावश्यक सेवा बाहेकका सेवाहरु बन्द हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
ज्ञान बहादुर गुरूङ
नगर प्रमुख

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।