साँगुरीगढी गाउँपालिकाद्वारा एक दिने शैक्षिक विदा
हिराराज राई,धनकुटा । काठमाडौँसहित देशका विभिन्न शहरहरूमा भदौ २३ गते सोमबार भएको Gen Z आन्दोलन को क्रममा ज्यान गुमाएका विद्यार्थीहरूप्रति साँगुरीगढी गाउँपालिका परिवारले गहिरो श्रद्धाञ्जली अर्पण गरेको छ। शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दै गाउँपालिकाले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ।
यसै सन्दर्भमा गाउँपालिकाले भदौ २४ गते मंगलबारका दिन साँगुरीगढी गाउँपालिका अन्तर्गतका सम्पूर्ण शैक्षिक संस्थामा शैक्षिक गतिविधि बन्द रहने निर्णय गरेको छ।
गाउँपालिका अध्यक्ष जितेन्द्र राईले जारी गरेको विज्ञप्तिमा विद्यार्थीहरूको असामयिक निधनले सम्पूर्ण शैक्षिक क्षेत्र शोकाकुल बनेको उल्लेख गर्दै सबैमा धैर्य धारण गर्न आग्रह गरिएको छ।



