प्रतिनिधिसभा बिघटनबिरूद्व निवेदन पेश, दर्ता हुन बाँकी

काठमाडौं, ३ असोज । जेन जी आन्दोलन पछि प्रधानमन्त्री सुशिला कार्कीको सिफारिसमा प्रतिनिधिसभा बिघटनसम्बन्धी रिट दर्ता गर्न माग गर्दै सर्बोच्च अदालतका रजिष्ट्रारसमक्ष निवेदन पेश भएको छ।
 
अधिवक्ता विमल पोखरेलले सर्वोच्चका मुख्य रजिष्ट्रार विमल पौडेललाई भेटेर हिजो निवेदन पेश गरेका हुन्।

केपी शर्मा ओलीले राजीनामा दिइसकेको र संविधान बमोजिम सरकार गठन गर्ने विकल्पहरू हुँदाहुँदै राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान बमोजिम सरकार गठनको आह्वान नगरी, प्रतिनिधिसभाका सभामुख र सम्पूर्ण सदस्यहरूलाई कुनै थाहा जानकारी नदिई, प्रतिनिधिसभा सदस्य नभएको व्यक्ति प्रधानमन्त्री नियुक्त गरिएको र त्यसरी नियुक्त व्यक्तिले जननिर्वाचित संसद् विघटन गर्न सिफारिस गर्ने र सोही आधारमा राष्ट्रपतिबाट विघटन गरिँदा गम्भीर राजनीतिक तथा संवैधानिक संकट उत्पन्न भएको उनले निवेदनमा उल्लेख गरेका छन्। 

रिट दर्ता हुन भने बाँकी रहेको सर्वोच्च प्रशासनले जनाएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।