प्रधानमन्त्री सुशीला कार्कीले भोलि बेलुका ६ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन्। प्रधानमन्त्री निकट स्रोतका अनुसार उनले विहीवार अपरान्ह ६ बजे विशेष सम्बोधन गर्ने तयारी गरेकी हुन्।

सम्बोधनका क्रममा उठाउनुपर्ने मुख्य विषयवस्तुका बारेमा प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद्का सदस्य तथा विज्ञहरूसँग अनौपचारिक छलफलसमेत गरेकी छिन्। उनले सम्बोधनमा देशको वर्तमान राजनीतिक अवस्था, निर्वाचनसम्बन्धी प्रक्रिया तथा राष्ट्रिय सरोकारका मुद्दाहरू समेट्ने बताइएको छ।

प्रधानमन्त्री कार्कीको सम्बोधन विशेषगरी आगामी निर्वाचनको तयारी र त्यससँग सम्बन्धित चुनौतीहरूमा केन्द्रित रहने बताइएको छ। साथै, देशको पछिल्लो राजनीतिक अवस्था र निकासबारे पनि सम्बोधनमा समेटिने ती स्रोतको भनाई छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।