प्रधानमन्त्री कार्कीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल नियुक्त
काठमाडौं, १२ असोज । प्रधानमन्त्री सुशीला कार्कीले अजयभद्र खनाललाई आफ्नो मुख्य सल्लाहकार नियुक्त गरेकी छन्।
त्यस्तै, जनसम्पर्क सल्लाहकारका लागि गोविन्दनारायण तिमल्सिनालाई जिम्मेवारी दिइएको छ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले दुवै सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदिश खरेलले जानकारी दिएका छन्।


