रवि लामिछानेलाई भेट्न नख्खु कारागार पुगेका अभियन्ता निकोलस भुसाल अनुमति नपाएपछि….
काठमाडौ । रास्वपा सभापति रवि लामिछानेलाई भेट्न नख्खु कारागार पुगेका अभियन्ता निकोलस भुसाल अनुमति नपाएपछि निराश भएर फर्किए। उनले काठमाडौं मेयर बालेन्द्र साहलाई दोष लगाउँदै ‘लुसिफर’ सम्म भने।
भुसालले अघिल्लो सरकारभन्दा अहिलेको सरकारले अझ दमन गरेको दाबी गर्दै भने, “रवि बाहिर आए भने बालेनको लोकप्रियता घट्छ भन्ने डर छ।” उनले बालेनलाई विदेशी दूतावासले प्रयोग गरिरहेको पनि आरोप लगाए।
भुसालले दशैंमा परिवारको एक सदस्यलाई मात्रै भेट्न दिने नियम अन्यायपूर्ण भएको बताए र आफू रविसँग आगामी योजनाबारे छलफल गर्न आएको तर भेट्न नपाएको दुखेसो पोखे।


