भारी बर्षाको संम्भावना,यी हुन् वर्षा र बाढीको जोखिमयुक्त जिल्ला
काठमाडौ । जल तथा मौसम विज्ञान विभागले मनसुन सक्रिय हुन थालेकाले असोज १८ देखि २० गतेसम्म विशेष सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ ।
यही असोज १७ गतेबाट असोज २० गतेसम्म खास गरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसम्म मनसुनी गतिविधि सक्रिय हुने सम्भावना देखिएको छ ।
त्यो बर्षाले विशेषगरी बागमती प्रदेशका काठमाडौं उपत्यकासहित काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवनमा बाढी, पहिरो र डुबानको जोखिम हुने जनाइएको छ।
यसैगरी कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङमा पनि जोखिम हुने ठानिएको छ।



