धनकुटामा चियासँग कविताको ३३ औं श्रृङ्खला सम्पन्न

धनकुटा । धनकुटामा प्रत्येक शुक्रबार चियासँग कविता हुँदै आएको । पछिल्लो समयमा चियासँग कविताप्रति सबैको चासो र मोह पनि बढ्दै गएको छ ।

रेडियो धनकुटा एफएमको संयोजनमा भइरहेको चियासँग कविता कार्यक्रममा धनकुटामा रहेका साहित्यप्रेमीहरुको बाक्लो जमघट हुने गरेको छ । साथै नयाँ र पुराना सर्जकहरुले एकै ठाउँमा भेला भएर आफ्ना सिर्जनाहरु प्रस्तुत गर्दै आइरहेका छन् । सोही क्रममा चियासँग कविताको ३३ औं श्रृङ्खला सम्पनन भएको छ ।

नेपाल पत्रकार महासंघको हलमा भएको सो श्रृङखलामा गोपाल बराइली, घनश्याम बराल औलाली, निर्मला कुँवर, दृष्टि श्रेठ, जयादेवी पोख्रेल, राजन श्रेष्ठ, सन्जय सन्तोषी राई लगायतले आफ्नो सिर्जना वाचन गर्नुभएको थियो ।

अग्रज पत्रकार तिलक प्रसाद राईको सभापतित्वमा भएको सो कार्यक्रममा धनकुटाका अग्रज आनन्द सन्तोषी राई, नेपाल बंगुर पालक संघका धनकुटा अध्यक्ष रुजन राई लगायतले चियासँग कविताले धनकुटाको साहित्यीक विकासका लागि निक्कै महत्वपूर्ण भुमिका निर्वाह गरिरहेका कारण यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

धनकुटामा २०८१ साल फागुन २ गतेदेखि हरेक शुक्रबार चियासँग कविता हुँदै आएको छ । कार्यक्रममा धनकुटामा रहेर विभिन्न विधामा कलम चलाउदै आएका नयाँ र पुराना कवि तथा गजलकारहरुले समेत रचना वाचन गर्ने गरेका कारण धनकुटाको साहित्यीक बिकासमा इट्टा थप्ने काम भइरहेको चियासँग कविता कार्यक्रममा संयोजक गोपाल बराइलीले जानकारी दिनुभयो ।।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।