धनकुटाका यी स्थानमा भोलि बिद्युत सेवा अवरुद्द हुने
धनकुटा,२६ असोज । धनकुटाका केही स्थानमा भोलि(सोमबार) बिद्युत सेवा अवरुद्द हुने भएको छ ।
नेपाल बिद्युत प्राधिकरण धनकुटा बितरण केन्द्र अन्तर्गतको ११ केभि जितपुर फिडर अन्तर्गत सिधुवा देखि जितपुर बजार सम्मको लाइनको वरिपरि रहेका रुख, हागा,बास,तथा झाडि कटान (बुश कटिङ) कार्य गर्नुपर्ने भएकोले मुर्तिढुङा,नेता चोक,कोलचौर ,आहाले जितपुर बजार,देउरालि,अर्खौले ,ढोडे, आन्द्रुङ ,सान्नेटार,हलेदे लगायतका स्थानहरुमा बिद्युत सेवा अबरुद्द हुने नेपाल बिद्युत प्राधिकरण धनकुटा बितरण केन्द्रले जनाएको छ ।
बिद्युत बिहानको ९ बजे देखि सींझ ५ बजेसम्म अवरुद्द हुने प्राधिकरणले जनाएको छ ।


