इसराइली डिफेन्स फोर्स (आइडिएफ)ले गर्यो नेपालका विपिन जोशीको निधन भएको औपचारिक घोषणा
एजेन्सी । इसराइली डिफेन्स फोर्स (आइडिएफ)ले नेपालका विपिन जोशीको निधन भएको औपचारिक घोषणा गरेको छ।
आइडिएफले परिवारसँग भिडियो कन्फरेन्स गरेर ‘हि इज् नो मोर’ भन्ने जानकारी इजरायलमा रहेको दुतावासले दिएको हो।
तर, नेपाल सरकारका अनुसार, यो मात्र आइडिएफको आकलन हो र अझै पक्का पुष्टि भएको छैन।
परराष्ट्र मन्त्रालयले विपिनको सकुशल रिहाइको आशा भने कायम राखेको छ।


