लेटाङको बरहजी मन्दिरमा दर्शानार्थीको घुईचो

मोरङ । लेटाङ नगरपालिका वडा नम्बर –७ वारङ्गीस्थित बरहाजी मन्दिरमा आज मङ्सिर पूर्णिमाको अवसरमा विशेष पूजाआजाको आयोजना गरिएको छ। सुनसरीको बरहाक्षेत्रभन्दा पनि पुरानो धार्मिक ऐतिहासिक पृष्ठभूमि बोकेको यस मन्दिरमा आज बिहानैदेखि दर्शणार्थीहरुको घुइँचो लागेको छ।

धार्मिक आस्थाका साथ भाकल गर्न, पूजाआजा गर्न र दर्शन गर्न लेटाङका स्थानीय बासिन्दासँगै पाँचथर, धनकुटा र सुनसरी लगायतका विभिन्न जिल्लाबाट भक्तजनहरू यहाँ आईरहेका छन्।

हरेक वर्ष मङ्सिर पूर्णिमाको दिन यस मन्दिरमा विशेष पूजाआजा पश्चात् मेला आयोजना गरिँदै आएको छ। सो मेलाले धार्मिक आस्थासँगै पर्यटन प्रवर्द्धन र स्थानीय उत्पादनको प्रचारप्रसारमा समेत महत्वपूर्ण भूमिका खेल्दै आएको स्थानीयहरूको भनाई छ।

बरहाजी मन्दिर क्षेत्रलाई ऐतिहासिक र धार्मिक दृष्टिले महत्वपूर्ण तीर्थस्थलको रूपमा लिइन्छ, जहाँ वर्षभरि भक्तजनहरूको आगमन निरन्तर रहने गरेको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।