दिल्लीको मेट्रो स्टेसन नजिकै विस्फोट, आठ जनाको मृत्यु
नयां दिल्ली । भारतको राजधानी नयाँ दिल्लीस्थित लाल किल्ला मेट्रो स्टेसन नजिकै सोमवार साँझ भएको विस्फोटमा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ।
उक्त घटनामा अन्य सात जना सख्त घाइते भएका छन्।
स्थानीय लोक नायक जय प्रकाश नारायण अस्पतालका एक वरिष्ठ अधिकारीले घटनाको पुष्टि गर्दै अस्पतालमा ल्याईपुर्याउदा आठ जनाको मृत्यु भइसकेको र अन्य सात जनाको उपचार भइरहेको जानकारी दिएका छन्।
दिल्ली प्रहरीका उच्च अधिकारीले घटनाबारे अनुसन्धान गरिरहेको बताएका छन्।


