मोरङका एक युवकको युएईमा निधन
मोरङ । मोरङको रङ्गेली ६ साहु टोलका बब्लु भनेर चिनिने रञ्जित महतो को युएईमा रहस्यमय तरिकाले मृत्यु भएको छ।
“बब्लु सम्पर्कविहीन भएपछि उनकी आमाले खोजीको लागि आग्रह गरेकी थिइन्। उनले भनिन हामीले कुन एजेन्टले पठायो वा कुन मेनपावरबाट गएका हुन् भन्ने जानकारी को कुनै कागज छ भने त्यो लिएर आउनु अनि खोजी गर्न सकिन्छ भनेर पठाएको थिए। तर मेनपावरको विवरण आउन नपाउँदै विश्वासै नलाग्ने गरी बब्लुको मृत्युको खबर आयो।”
परिवारमा अहिले स्तन क्यान्सरबाट पीडित आमा, प्यारालाइसिसबाट ग्रस्त बुबा, श्रीमती र एक अबोध छोरा छन्।
घरको आर्थिक जिम्मेवारी बब्लुका काँधमै थियो। उनको मृत्युले परिवार एकदमै संकटमा परेको छ।


