सुनसरीको इटहरीबाट अवैध लागू औषध गाँजा सहित दुई जना पक्राउ
सुनसरी, कार्तिक २८ गते । सुनसरीको इटहरी उप-महानगरपालिका-३ डाडागाँउ टोल स्थितबाट अवैध लागू औषध गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कार्तिक २७ गते लागू औषध गाँजाको ओसार पसार भईरहेको भन्ने बिशेष सुचनाको आधारमा अस्थायी प्रहरी चौकी तालतलैयाबाट खटिएको प्रहरी टोलीले इहटरी-३ की कल्पना राईको घरमा रहेको प्रदेश १-०२-००३ ह ९०५५ नम्बरको सिटी सफारीमा गाँजा लोड गर्दै गरेको अवस्थामा कल्पना राई र भोजपुर रामप्रसादराई गाउँपालिका-७ घर भई सोही घरमा बस्दै आएका मनोज राईलाई फेला प्लास्टिको पोकामा रहेको ९८ किलोग्राम गाँजा सहित नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका उनिहरुको आवश्यक थप अनुसन्धान भईरहेको छ ।


