विवाहेत्तर प्रेम सम्बन्धले लियो विमलाको ज्यान
कालीकोट । कालिकोटकी २४ वर्षीया विमला शाहीको हत्या भएको प्रहरीले पुष्टि गरेको छ।
प्रेमी १९ वर्षीय अमिन शाहीले विमला विदेश जाने जानकारी पाएपछि रिसमा सिरानीले मुख छोपेर हत्या गरेको बयान दिएका छन्।
विमलाका श्रीमान विदेशमा बस्छन् र उनलाई पनि विदेश लैजान तयारी भइरहेको थियो। हत्या आरोपित अमिनलाई अदालतबाट १० दिनको म्याद थपेर थप अनुसन्धान थालिएको छ।
मृतकका परिवारले सुरूमा आत्महत्या भएको बताए पनि प्रहरी अनुसन्धानले हत्या भएको तथ्य प्रमाण मिलेको जनाएको छ। श्रीमान विदेश गएपछि विमला र देवर निर्प काठमाडौँमा बस्दै आएका थिए।
त्यहाँ बस्दा अमिन पनि एकै घरमा कोठा लिएर बस्ने गरेका र त्यहाँ विमला र अमिनको प्रेमसम्बध रहेको देवर निर्पले पनि जानकारी पाएका थिए।


