नीतिले मात्र देश नबन्ने, त्यसका लागि श्रमदान गर्नु पर्ने : हर्क साम्पाङ
सुनसरी, कार्तिक ३० । धरानका उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नीतिले मात्र देश नबन्ने त्यसका लागि श्रमदान गर्नु पर्ने बताएका छन्।
श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका उनले समाजिक सञ्जाल फेसबुकमार्फत कलमले मात्र मुलुक नबन्ने बताउँदै त्यसका लागि औजार चलाउनु पर्ने जनाएका छन् ।
‘अरू कार्यकर्ता बनाउँछन् ! हामी श्रमदाता ! अरू पार्टी बनाउँछन् ! हामी देश ! तीन करोड नेपालीको छ करोड हात ! चलाउनु पर्छ एकै साथ !,’ उनले लेखेका छन्, ‘कलमले मात्रै बन्दैन देश ! औजार चलाउनु पर्छ ! नीतिले मात्रै बन्दैन देश ! श्रमदान गर्नु पर्छ !’


