सुनसरीको धरानबाट बेवारिसे अवस्थामा रहेको ३ सय १७ किलो गाँजा बरामद

विराटनगर, कार्तिक ३० गते । सुनसरीको धरान उप-महानगरपालिका-४ र १७ स्थितबाट प्रहरीले बेवारीसे अवस्थामा रहेको ३१७ किलोग्राम लागू औषध गाँजा बरामद गरेको छ ।

कार्तिक २८ गते कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समुह (PIT), इलाका प्रहरी कार्यालय धरान र इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले धरान-४ स्थित कोशी लोकमार्गमा चेकजाँचको क्रममा सडक साईडमा बेवारीसे अवस्थामा रहेको को. ३० प ४५४४ र बा. ५१ प ५४१३ नम्वरको मोटरसाईकलमा लोड गरी राखेको अवस्थामा ४९ किलोग्राम गाँजा बरामद छ ।

यसै गरी बिशेष सुचनाको आधारमा कार्तिक २९ गते प्रादेशिक अनुसन्धान समुहबाट खटिएको प्रहरी टोलीले धरान-१७ स्थितमा रहेको जंगलमा बोरामा प्याक गरी लुकाई छिपाई राखिएको अवस्थामा २ सय ६८ किलोग्राम गाँजा बरामद गरेको छ ।

गाँजा बरमद भए संगै ओसार पसारमा संलग्न व्यक्तिहरुको खोजतलास भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।