जेनजी सहिद परिवार बेसहारा, सञ्चो विसञ्चो सोध्न पनि कोही आएनन्
काठमाडौ । बझांग कैलीदेवी बोहराले मजदुरीको लागि भारतको बैङ्ग्लोरमै काम गरिरहेका बेला भदौ २३ गते जेनजी आन्दोलनका क्रममा काठमाडौंमा गो’ली लागेर जेठा छोरा सुवासको मृ’त्यु भएको खबर पाएकी थिइन्।
छोराको मृ’त्युपछि आफन्तले सहयोग जुटाएर उनलाई काठमाडौं ल्याइयो, जहाँ उनी कान्छा छोरा सन्दीपसँग डेरामा बस्दै आर्थिक संकटसँग जुधिरहेकी छन्।
गत वर्ष श्रीमान् बे’पत्ता भएपछि परिवारको जिम्मा बोकेकी कैलीदेवी १० महिना बैङ्ग्लोरमा मजदुरी गर्दै आएका थिइन्।
अहिले सन्दीपलाई तीन वर्षसम्म एक विद्यालयमा अध्ययन गरिदिने आश्वासन मिले पनि दैनिकी चलाउने निश्चित आयस्रोत नभएकाले उनी आमा छोरा बेसाहारा अवस्थामा रहेको बताएकी छिन् ।


